मोरङ । मोरङको सुन्दरहरैंचामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घर ढलानको काम गर्ने क्रममा करेन्ट लाग्दा सुन्दरहरैंचा नगरपालिका–२ करैवनाका ३८ बर्षीय अमर राईको मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे गोलापरासीका रेणुका लिम्बुको घर ढलानको काम गर्ने क्रममा करेन्ट लागेर राई बेहोस भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा साँझ करिब ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।