धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाले मंगलबार चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आउँदै गरेको दीपावली, नेपाल संम्बत, छठ, वाढाङ्मी, चासोक तङनाम, उधौली लगायत चाडपर्वको अवसरमा धनकुटा सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बाले चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको नेतृत्वमा मात्र मुलुकले सही मार्ग लिने दावी गरिन् ।
कार्यक्रममा संबिधान सभा सदस्य अन्जना ताम्ली, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष बिजय सन्तोषी राई, काँग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य खेम पौडेल, नेपाल शिक्षक संघका अध्यक्ष थिरेन्द्र लिम्बु, पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, जिल्ला अध्यक्ष नगेन्द्र राई, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग लगायतले चाडपर्वको शुभकामना दिए ।
जिल्लामा क्रियाशिल पत्रकारहरु र नेपाली कांग्रेसका नेताहरु कार्यक्रममा सहभागि थिए । चाडपर्वहरुको अवसर पारेर नेपाल पत्रकार महासंघले पनि बुधबार दिउँसो १ बजे शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।