तेह्रथुम । तेह्रथुममा अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा म्यान्छयायेम गाउँपालिका–२ पौठाकका ३० बर्षीय नेत्र बहादुर लिम्बु छन् ।
बिहानको राती पौने ३ बजे उनको घरदेखि करिव १ किलोमिटर पूर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा लिम्बु रुखबाट लडेका थिए । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।