संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ सूर्यमार्गबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँघुरीगढी गाउँपालिका घर भई धरानमा डेरा गरी बस्ने २७ बर्षीय किरण भनिने हेमन्त राई छन् ।

गएराती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!