संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख ७७८६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा ट्रकका सह–चालक संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३४ बर्षीय संगम पौडेल र धर्मदेवी–३ का ३० बर्षीय तिलकुमार पौडेल घाइते भएका छन् ।

घाइते सह–चालक पौडेलको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक सडकको नालीमा पसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!