मोरङ । मोरङको केराबारी गाउँपालिका–७ डागीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय विशाल लिम्बु छन् ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले उनलाई १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुका विषयमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।