Rabin Katel

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका–२ का २५ बर्षीय सुसान्त भट्टराई र स्कुटीमा सवार संखुवासभाको चिचिला गाउँपालिका–२ का २० बर्षीय बिबिसन बि.क. छन् ।

Advertisement

गएराती सवा ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट भट्टराई र बि.क. घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटैमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालक मकवानपुरको मनहरी नगरपालिका–९ का ३१ बर्षीय अर्जुन गिरीलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement