संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चापागाईंले २१२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

Advertisement

मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत ल्याएका थिए । त्यस्तै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए । सभापति जितेका चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवा निकट हुन् । अन्य दुई जना पनि कोइराला पक्षकै हुन् ।

त्यस्तैगरी महानगर समितिको उप–सभापतिमा इन्दु सुवेदी र निरोज कोइराला निर्वाचित भएका छन् । सचिवमा तेजिन्द्र भट्टराई र झुमा निरौला, सह–सचिवमा दिवस नेपाल र सचिन पोखरेल विजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!