संगालोखबर सम्वाददाता
फाइल तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका–१० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपत्ता बनाएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

बिर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० बर्षीया लतुमाई मर्डी मृत फेला परेकी हुन् । बिहिबार दिउँसो १२ बजे श्रीमानसँग निगुरो टिपिरहेका बेला उनलाई जंगली हात्तीले सुडले च्यापेर लगेको थियो ।

Advertisement

घटनापछि अस्थाई प्रहरी चौकी गरामनीको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीले उनको खोजी गरेका थिए । खोजतलासका क्रममा बिहिबार बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!