संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको निबुवा–तांखुवा जलाधार क्षेत्र व्यवस्थापन योजनाको कार्यान्वयनका बिषयमा साझेदारी संस्थासँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ललितपुरको आयोजनामा धनकुटामा अन्र्तक्रिया गरिएको हो ।

Advertisement

सो क्रममा जलाधार क्षेत्रसँग सम्वन्धित स्थानीय तहले जलाधार व्यवस्थापनका लागि स्थानीय सरकारले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र छथर जोरपाटी गाँउपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले आयोजनाको सफल कार्यान्वयनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इसिमोडका क्षेत्रीय निर्देशक डा.अरुणभक्त श्रेष्ठले सो आयोजनाको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सरकारी र गैर सरकारी निकायका प्रतिनिधिले विनियोजन गरेका कार्यक्रमहरुको प्रस्तुती गरिएको थियो । सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापा, छथर जोरपाटी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतकाले पनि धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!