विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २५३ जना कोरोना संक्रमित थपिएका छन् । १२८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेह्रथुममा १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार झापाको बिर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२/१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३/३, बाह्रदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १/१ संक्रमित थपिएका छन् ।
त्यस्तै मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६/६, लेटाङ र उर्लाबारीमा २/२, बुढीगंगा र कटहरीमा १/१, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा ४, इनरुवा र रामधुनीमा २/२, गढीमा १, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सूर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् ।
यता, संखुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १/१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीबासमा १/१, ताप्लेजुङ र तेह्रथुममा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा आज ४७ महिलासहित ११६ जना संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टाको अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।