संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–५ स्थित विहिवारे हटियामा दुई सय बर्ष भन्दा अघिदेखिका सल्लाका रुख ढल्ने जोखिम बढेपछि नेपाली सेनाले रुख काटेर पन्साएको छ । रुख ढलेर हटियामा दुर्घटना हुँने जोखिम भएपछि सल्लेरीस्थित बरखगणको सेनाको टोलीले दुई वटा रुख काटेर पन्साएको हो ।

Advertisement

वुढो रुख आफै ढलेर अर्को रुखमा अड्किएपछि सो क्षेत्रमा आवत जावतमा जोखिम भएको थियो । रुखले मानबीय दुर्घटना निम्तिनसक्ने जोखिम भएपछि जिल्ला विपत व्यवस्थापन समितिले रुख पन्साउँन समन्वय गरेको हो ।

रुख पन्साउँने क्रममा ढलेर लाग्दा स्थानीय सीता राई र लोका रिजालको घरमा क्षति पुगेको छ । घर भत्किदा दुवै परिवारको १० लाख भन्दा वढीको क्षति भएको अनुमान गरिएको छ ।

रुख ढाल्ने क्रममा मान्छेहरु हटाइएकाले मानबीय क्षति भने भएको छैन । तर, घरमा भने पूर्ण रुपमा क्षति पुगेको छ । उनीहरुलाई रेडक्रसले त्रिपाल लगायत सामाग्री प्रदान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!