Avatar photoRabin Katel

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजासहित आज एक महिला पक्राउ परेकी छिन् । स्थानीय २५ बर्षीया आरतीदेवी यादव गाँजासहित पक्राउ परेकी हुन् ।

Advertisement

दिउँसो साढे १२ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनको घरमा लुकाई राखेको अवस्थामा १७ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएपछि यादवलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेका छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement