Avatar photoRabin Katel

धनकुटा । धनकुटामा युवा विकास केन्द्र खोलिएको छ । सेवा इन्टरनेशनल नेपाल र हिन्दू स्वयंसेवक संघ नेपालले धनकुटा नगरपालिका–६ स्थित सिरान बजारमा युवा विकास केन्द्र सञ्चालन गरेका हुन् ।

Advertisement

बुधबार एक कार्यक्रमकाबीच केन्द्रको कार्यालय उद्घाटन गरिएको छ । सेवा इन्टरनेशनलका ग्लोबल कोअर्डिनेटर श्याम पराण्डेले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा सेवा इन्टरनेशनलका ग्लोबल कोअर्डिनेटर पराण्डे, सेवा इन्टरनेशनलका राष्ट्रिय अध्यक्ष महेश बिक्रम कार्की, धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला बस्नेत, धनकुटा ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, हिन्दू स्वयंसेवक संघका राष्ट्रिय सह संचालक कल्याण तिमिलसिना, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, स्थानीय समाजसेवी प्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

युवा विकास केन्द्रले युवाहरुलाई लक्षित गरी निम्न शुल्कमा कम्प्यूटर तालिम, कृषि सम्बन्धि तालिम, महिलाहरुका लागि सिलाई कटाई तालिम सञ्चालन गर्ने सेवा इन्टरनेशनल नेपालका कोअर्डिनेटर प्रसन्न वैद्यले बताए । उनका अनुसार सेवा इन्टरनेशनलले ३५ वटा देशहरुमा काम गर्दै आएको छ ।

अहिले विरगञ्जमा ४० जनालाई सिलाइ कटाई तालिम दिइदैछ । प्रदेश १ मा पहिलो पटक धनकुटाबाट सेवा सञ्चालन गर्न थालिएको र आवश्यकता अनुसार सेवा विस्तार गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement