संगालोखबर सम्वाददाता

झापा । झापाको दमकबाट १७ जना जुवाडे पक्राउ परेका छन् । दमक–१ मा कौडा खेलिरहेको अवस्थामा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा भद्रपुर–७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ बर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड–१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ का सुनिल साह छन् । त्यस्तै, गौरादह–५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका–४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक–७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे छन् ।

त्यस्तै बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान–४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान–५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान–६ का ४४ बर्षीय रुपेश तामाङ छन् ।

दमक–१ स्थित हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको अवस्थामा गएराती साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाइएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!