संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोडका दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह ४ बजे बिर्तामोड ५ जात्रुबारीबाट स्थानीय २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, मंगलबार साँझ करिब ५ बजे बिर्तामोड–१ चारपानेबाट प्रहरीले बिर्तामोड १ की देवी तामाङ र बिर्तामोड–५ की २१ बर्षीया सिता खतिवडालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ४ ग्राम ४५ मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीले कारबाही प्रकृया थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!