संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मचीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैंचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पत्ता लागेको छ । सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ५, चौविसे गाउँपालिका र पाख्रीवास नगरपालिकामा १–१, तेह्रथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!