संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित सुन्दरीचौकबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ बर्षीय बिक्रान्त अधिकारी छन् ।

Advertisement

सोमबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्रतिबन्धित औषधी ट्रमाडोल क्याप्सुल–२८८२ र स्पास पेन ट्याब्लेट–२९२० सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!