संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरी–१७ लबिपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका–४ का ४० बर्षीय रामकुमार लिम्बु छन् ।

ग्यारेजमा गाडीको बडी बनाउने क्रममा करेन्ट लाग्दा लिम्बु गंभीर घाइते भएका थिए । इटहरीस्थित एपेक्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!