विराटनगर । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्डसहित युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले गरेका थिए । प्रमुख सचेतक कार्कीले भने, ‘समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेर प्रदर्शन गरेका हौं ।’
















