विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, तेह्रथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको दमकमा ६७, विर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बाह्रदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३, शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४ जना संक्रमित भएका छन् ।
सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, बराहक्षेत्र, दुहवी र गढीमा १–१ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रीबास नगरपालिकामा १, इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । तेह्रथुमको म्याङलुङमा ५ र लालीगुराँसमा १, उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, संखुवासभामा १, खोटाङमा १ र भोजपुरको पौवादुङ्मामा १ जना संक्रमित थपिएका छन् ।
यसैबीच, प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् ।
















