धनकुटा । धनकुटा नगरपालिका–७ स्थित परिचयमोडमा आज बिहान माइक्रो बसको ठक्करबाट एक बृद्ध घाइते भएका छन् ।
हिलेबाट धनकुटा बजार हुँदै बसपार्कतर्फ जाँदै गरेको ना १ ज ७९८३ नम्बरको माइक्रो बसले धनकुटाको महालक्ष्मी–१ मारेककटहरेका ८६ बर्षीय टेकबहादुर पौडेललाई बिहान करिब ११ः२५ बजे ठक्कर दिएको हो ।
उनको खुट्टा माइक्रोले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट घाइते भएका बृद्ध पौडेललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । ठक्कर दिने माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















