संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई गएराती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी–१४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी–४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी–४ का २२ बर्षीय फुल कुमार मुखिया छन् ।

राती करिब ८ बजे पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कार रोकेर त्यहाँ सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमारको साथबाट ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परेपछि कारसहित पाँचै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!