मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बाट आज दिउँसो गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २४ बर्षीय ईमान राई छन् । उनी सुन्दरहरैंचा नगरपालिका–५ मा डेरा लिएर बस्दै आएका थिए ।
दिउँसो करिब साँढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
सिटी सफारीमा गाँजा भेटिएपछि उनको कोठा पनि चेकजाँच गर्दा ७ किलो ९८४ ग्राम गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
















