संगालोखबर सम्वाददाता

झापा । झापाको गौरीगंज गाउँपालिका–४ कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ की ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल छन् ।

Advertisement

गएराती करिब ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम ३ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

झापाका बिभिन्न ठाउँबाट लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरु निरन्तर पक्राउ परिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!