संगालोखबर सम्बाददाता

विराटनगर । तेह्रथुमको मेन्छायायेम गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्ष गिता गौतमका ससुराको मृत्यु हुँदा कार्यालयनै बन्द गरेको छ । गाँउपालिकाले उपाध्यक्ष गौतमका ससुरा कृष्ण प्रसाद गौतमको मृत्यु भएपछि गाउँपालिका कार्यालयदेखि वडासम्मै शोक बिदा दिएको हो ।

Advertisement

कृष्ण प्रसादको विहिबार राति ११ः४० बजे घरमै मृत्यु भएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत बिष्णु पोख्रेलको हस्ताक्षरमा जारी गरिएको सूचनामा उपाध्यक्ष गिता गौतमका ससुराको निधनले गाउँपालिका परिवार मर्माहित भएको र शोकको घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै २०७८।०१।२२ गते शुक्रवारका दिन गाउँपालिकाको कार्यालय, वडाकार्यालयहरु, गाँउपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु, एवम् गाँउपालिका मातहका सम्पुुर्ण कार्यालयहरु (स्वास्थ्य संस्था वाहेक) मा शोक बिदा दिने निर्णय भएको उल्लेख छ ।

आपतकालिन अवस्थामा मौखिक निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु पोख्रेलले बताए । यता गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गले भने उपाध्यक्षको घर पनि गाँउपालिका नजिकै भएकाले मलामी जान कार्यालयमा बिदा दिइएको जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी भने केही दिनदेखि बिदामा बसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!