उदयपुर । उदयपुरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–३ मुसहरी टोलका ३९ बर्षीया ललिता सदा र ४० बर्षीया फूलकुमारी सदा छन् ।
मंगलबार साँझ ५ बजे बर्षासँगै चट्याङ परेको थियो । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा दुबै जना बेहोस भएका थिए ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।