सन्तोष सुबेदी/संगालोखबर

धनकुटा । नेकपा एमालेले सोमबार धनकुटाको पाख्रीवासमा शक्ति प्रदर्शन गरेको छ । पाख्रीवास नगरपालिकाको नगर सभामा तोडफोड गर्नेलाई कारबाही माग गर्दै एमालेले स्थानीय सरकारको पक्षमा शक्ति प्रदर्शन गरेको हो ।

Advertisement

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै विरोध जनाउँदै आएका संयुक्त लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष र जसपाका नेता कार्यकर्ताले गत असार १० गते पाख्रीवास नगरपालिकाको नगरसभामा तोडफोड गरेका थिए । घटनामा संलग्न भएको भन्दै १५ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीहरुविरुद्धको मुद्दा खारेज गर्न संयुक्त लोकतान्त्रिक गठबन्धनले आन्दोलन गरेर दवाव दिइरहेका बेला एमालेले तोडफोड गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय सरकारको पक्षमा नेता कार्यकर्तालाई पाख्रीवासमा भेला गरेर प्रदर्शन गरेको हो ।

जुलुश प्रदर्शनका लागि जिल्लाका बिभिन्न स्थानबाट एमालेका सयौं नेता कार्यकर्ताहरु पाख्रीवास पुगेका थिए । विपक्षी दलहरुलाई खबरदारी गर्दै युवा संघ सम्बद्ध युवाहरुले धनकुटा, हिले हुँदै पाख्रीवास बजारसम्म मार्चपास पनि गरेका थिए । युवा संघ पाख्रीवास नगर कमिटीको अगुवाइमा भएको प्रदर्शनमा सहभागिहरुले स्थानीय सरकारको पक्ष र तोडफोडमा संलग्न दलहरुको विपक्षमा चर्को नाराबाजी गरे । जुलुशले बजारका बिभिन्न भागको परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख एवं एमाले नेता टंक चुवान, पाख्रीवास नगरपालिकाका प्रमुख विर्षबहादुर राई, युवा संघका केन्द्रिय सदस्य वलदिप राई, एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतम लगायतले सभालाई संवोधन गर्दै तोडफोडमा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउँन माग गरेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!