संगालोखबर सम्वाददाता

विराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई ट्याब्लेटसहित पक्राउ गरेको हो ।

Advertisement

मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको हो ।

त्यस्तै सुनसरीको धरान उप–महानगरपालिका–८ बाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान–१५ का ४१ बर्षीय आईतराज लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. फेला परेको छ ।

लागुऔषधसहित पक्राउ परेका तीनै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!