उदयपुर । उदयपुरमा एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनि घर भई त्रियुगा नगरपालिका–३ बस्दै आएका १८ बर्षीय विभेष शर्मा छन् ।
गएराती पौने १२ बजे त्रियुगा–११ मा रहेको नबिल बैंकको एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
















