विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४/४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२३, सुन्दरहरैंचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २/२, ग्रामथानमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३/३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १/१ र स्थानीय तह नखुलेका २ जना संक्रमित भएका छन् ।
यता, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमलगाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड, झापागाउँपालिका र स्थानीय तह नखुलेका १/१ तेह्रथुमको म्याङलुङमा २५ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तैगरी पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १, ओखलढुङ्गा र धनकुटामा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ । जसमध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । आज ९५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ छ ।
प्रदेश १ मा आज १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १६५ पुरुष र १८४ जना महिलाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
















