धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् । प्रतिष्ठानको पम्मोनोलोजी एण्ड स्पिल मेडिसिन विभागमा एसोसिएट प्रोफेसर रहेका डा. मिश्रलाई डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरिएको हो ।
प्रतिष्ठानको सो पद यसअघि रिक्त थियो । अस्पताल निर्देशकको सिफारिसमा उपकूलपतिले उनलाई नियुक्त गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । उनको कार्यकाल दुई बर्ष हुँनेछ ।
















