संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धरान । संखुवासभाका कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सभापोखरी–३ का ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनमा गत बिहिवार कोराना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी शुक्रवार प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएका थिए । उपचारकै क्रममा दिउँसो साढे १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!