संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बाह्रदशीमा १/१, स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा १३२, सुन्दरहरैंचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४/२४, रतुवामाई र उर्लाबारीमा १७/१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०/१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १/१, स्थानीय तह नखुलेका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४/४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १/१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८ जना संक्रमित थपिएका छन् । त्यस्तैगरी मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३/३, सुर्योदय र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २/२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, तेह्रथुम, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । जसमध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका हुन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!