संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमित बृद्धको शनिवार विहान मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेवासका ६० बर्षीय कोरोना संक्रमित बृद्धको बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो ।

Advertisement

जेठ १० गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी घरमै ‘होम आइसोलेशन’ बसेका थिए । परिवार स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएको थियो । पछि निको हुदै गयो । शुक्रबार बेलुकाबाट झाडापखला र खुट्टा पोल्ने समस्या सुरु भएको थियो । शनिवार बिहान अचानक मृत्यु भएको हो ।

यसअघि धनकुटाका दुई कोरोना संक्रमितको होम आइसोलेशनमै मृत्यु भएको थियो । शुक्रबार धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा पनि पहिलो पटक कोरोना संक्रमितको मृत्यु भयो । वाँकी सबैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै धनकुटामै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भई मृत्यु भएका कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जिल्ला बाहिर स्वाब दिएर परीक्षण गराउँदा संक्रमण पुष्टि भएका थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण धनकुटामा ज्यान गुमाउँनेको संख्या २० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए ।

धनकुटामै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा हालसम्म ८६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २९६ जना निको भएका छन् । ५५२ जना सक्रिय संक्रमित छन् । उनीहरु अधिकांस होम आइसोलेशनमै छन् ।

अहिले बजेट भाषण भइरहेको छ । हेर्नुहोस् प्रत्यक्ष प्रशारण…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!