संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । भोजपुरका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा भोजपुर–१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या बढेपछि उनलाई शुक्रबार नै प्रतिष्ठान भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

इमर्जेन्सी कक्षमा उपचारका क्रममा दिउँसो ३ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!