
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङ्गामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खोटाङ खोटेहाङ–१ का १९ बर्षीय संजिव खड्का छन् ।
विहान पौने १० बजे को २ त ८५७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार खड्कालाई ट्याक्टरले किचेको हो । ट्याक्टरले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।















