संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा जिल्लालाई बालश्रम मुक्त बनाउँन जिल्लाका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । २०७८ सालसम्ममा जिल्लाका सात वटै स्थानीय तहलाई बालश्रम मुक्त बनाउँन सरोकारवालाहरु सहमत भएका हुन् ।

Advertisement

बाल अधिकार सुनिश्चितताका लागि मंगलबार धनकुटा सदरमुकाममा आयोजित जिल्ला स्तरीय छलफल कार्यक्रममा सहभागि जिल्लाका सात वटै पालिकाका जनप्रतिनिधि, कर्मचारी, बाल अधिकारकर्मी, सञ्चारकर्मी लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । मानव अधिकार मञ्च ईलाम र सामूदायिक विकास मञ्च धनकुटाको व्यवस्थापनमा जिल्ला समन्वय समिति धनकुटाले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागिहरुले धनकुटा जिल्लाका सात वटै पालिकालाई आगामी ०७८ साल सम्ममा बालश्रम मुक्त घोषणा गर्न आवश्यक तयारी गर्ने प्रतिबद्धता व्यक्त गरेको सामूदायिक विकास मञ्चका कार्यकारी निर्देशक केदार दाहालले जानकारी दिए ।
सरोकारवालाहरुले बालश्रम मुक्तसहित ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!