संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंबाट भेडेटार र इलामसम्म पर्यटक बस सेवा सञ्चालन हुँने भएको छ । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र इलाममा काठमाडौंबाट सिधै पर्यटक ल्याउँन पर्यटक बस सञ्चालन गर्ने तयारी गरिएको हो ।

Advertisement

नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २७ सिट क्षमताका पर्यटक बस सञ्चालन गरिनेछ । काठमाडौंबाट पर्यटक बस आउँने भएपछि पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आसमा पूर्वका व्यवसायी उत्साहित भएका छन् ।

पर्यटकलाई नै लक्षित गरेर बस सेवा सञ्चालन गरिने हुँनाले पर्यटकहरुलाई सहज हुँनुका साथै व्यवसायीहरुलाई पनि राहत मिल्ने होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । उनी भन्छन्–‘काठमाडौंबाट पर्यटक आउँन सजिलो हुँने भएकाले पर्यटन बस सेवाले भेडेटारको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्नेछ ।’

अहिले काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जसम्म पर्यटक बस चल्दै आएका छन् । अब, पूर्वी नेपालका प्रमुख पर्यटकीय गन्तब्यमा पनि पर्यटक बस ल्याउँन लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!