बिराटनगर । मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–१० खदम खोलाबाट गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी–७ का १७ बर्षीय विशेष राई र १९ बर्षीय बिपिन लिम्बु छन् ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको टोलीले शुक्रबार बेलुका २ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–९ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । गाँजाको ओसार–पसार भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले केराबारी–१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई २ केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
लिम्बुले गाँजा ओसार–पसारमा प्रयोग गर्दै आएको को.१४ प.९२०९ नम्बरको मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेका तीनै जनाको विषय थप अनुसन्धान भईरहेको छ ।