विराटनगर । प्रदेश १ मा विहिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३, झापामा ४, सुनसरी र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको कटहरी र विराटनगरमा ३/३, बुढीगंगा र गौरादहमा २/२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १/१, सुनसरीको इटहरी र खोटाङको खोटेहाङ १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ७७५ पुगेको छ । जसमध्ये २८ हजार २८६ संक्रमित निको भइसकेका छन् ।
प्रदेश १ मा होम आईसोलेसनमा रहेका १७६ जना कोरोना संक्रमित आज संक्रमणमुक्त भएका छन् ।