संगालोखबर सम्वाददाता

सुनसरी । विराटनगर–इटहरी–धरान छ लेन सडक योजना अन्तर्गत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना हटाउँन पुनः ताकेता गरिने भएको छ । इटहरी उपमहानगरमा मंगलवार वसेको सरोकारवालाहरुको वैठकले सात दिनभित्र संरचना हटाउँनका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

Advertisement

सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ–आफनो संरचना हटाउँनु पर्नेछ । नहटाए इटहरी उपमहानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापट्टा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ । सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख वद्रि प्रसाद शर्मा लगायत सरोकारवाला सहभागि थिए ।

यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा वसेको वैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रिय पत्रिकाहरुमा संरचना हटाउन सार्वजनिक सूचना जारी भएको थियो । हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरुवाट संयुक्त लगत संकलन कार्यसमेत भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!