संगालोखबर सम्वाददाता

विराटनगर । मोरङ, सुनसरी र झापाका ४ सय २१ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १५ तथा झापा र सुनसरीका ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

मोरङको विराटनगरका ५, केराबारीका ४, बुढीगंगाका ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीका १/१ जनामा संक्रमण देखिएको छ । यता, झापाको मेचीनगरमा २ तथा दमक र विर्तामोडका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, सुनसरीको इटहरीका ४ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ७ सय २९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये २७ हजार ८ सय ७० जना निको भएका छन् । प्रदेश १ मा हालसम्म २ लाख ८ हजार १५८ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैवीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १/१ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!