संखुवासभा । संखुवासभाको चैनपुर–४ मैदानेमा आईतबार दिउँसो प्रहरी र विप्लव समूहका कार्यकर्तावीच भिडन्त भएको छ । दिउँसो करिब ३ बजे दुई पक्षबीच गोली हानाहान भएको हो ।
प्रहरीका अनुसार विप्लव समूहका जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसहित केही व्यक्तिले प्रहरीलाई लक्षित गरी ६ राउण्ड गोली चलाएका थिए । गस्तीमा रहेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले पनि गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षतिको विवरण भने आएको छैन । दोहोरो भिडन्तपछि विप्लव कार्यकर्ता जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले विस्फोटक सामग्री फेला पारेको छ ।