संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप तीन जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई महिला र एक पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

धनकुटा–४ का ३८ र ५७ बर्षीया महिला तथा ४८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका प्रवक्ता राजन पोख्रेलले जानकारी दिए । छ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । धनकुटामा पीसीआर ल्याब निर्माण भएपछि गत मंसिर ३० गतेबाट जिल्लामै पीसीआर परीक्षण भईरहेको छ ।

परीक्षण थालिएको १० दिनको अवधिमा पहिलो पटक तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो । यसअघि गरिएका वाँकी सवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!