सुनसरी । प्रहरीले इटहरी उपमहानगरपालिका–५ कलङकी एरियाबाट ५ लाख भन्दा बढी मूल्यको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भारतबाट चोरी पैठारी गरी को १ ख ६८९० नम्बरको मिनी ट्रकमा राखेर ल्याइएको सुर्तीजन्य पदार्थ प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले गएराती करिब १ बजे मिनी ट्रकसहित सामान लियन्त्रणमा लिएको हो । चेकजाँच गर्दा ट्रक भित्र लुकाएर राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला परेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
सुर्तीजन्य पदार्थ ल्याउँने कोशी गाउँपालिका–५ का ३६ बर्षीय कैसर आलम, ट्रक चालक मोरङको सुन्दरहरैंचाका २३ बर्षीय सैयद आलम, ओसारपसारमा संलग्न कोशी गाउँपालिका–५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्तीजन्य पदार्थ र पक्राउ परेकाहरुलाई कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको प्रहरीले जनाएको छ ।