संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा आज बिहान आफ्नै गाडीले किच्दा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा काउलेका ३८ वर्षीय प्रेमकुमार तामाङ छन् ।

Advertisement

मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा सोही बोलेरोका चालक ३८ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सिसिर थापाले जानकारी दिए । ‘बिहान गाडी स्टार्ट गर्न खोज्दा नभएपछि चेकजाँच गर्न ओलिएका बेला गाडी आफै अगाडि गुड्किएर किचेछ ।’ प्रवक्ता थापाले संगालोखबरसँग भने–‘भिरालो सडकमा राखिएको गाडी गुड्किदा घटना भएको देखिन्छ ।’

बिहान करिब साढे ६ बजे घटना भएको हो । मृतक तामाङ गाडी धनीसमेत हुन् । उनी आफ्नै गाडी चलाउँदै आएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!