
विराटनगर । प्रदेश १ मा बिहिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, सुन्दरहरैंचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १/१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापाको दमकमा ११ र भद्रपुरमा १, इलामको चुलाचुली, पाँचथरको याङवरक र ओखलढुङ्गाको चिशंखुगढीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ । जसमध्ये २६ हजार २९६ संक्रमित निको भईसकेका छन् ।
प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५०१ जना संक्रमित निको भएका हुन् । त्यस्तै मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १/१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।















