संगालोखबर सम्वाददाता
फायल तस्बीर

बिराटनगर । झापा र ईलामका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

मे.८ प.३४२८ नम्बरको मोटरसाईकलमा सवार तामाङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी झापाको भद्रपुर नगरपालिका–३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेरबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

Advertisement

चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ईस्क्यूफ स्यूरुप १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपास मोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी, ईलामको सुर्योदय नगरपालिका–८ छिपिटारबाट लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय–४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दायर गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!