Avatar photoRabin Katel

बारा । बारामा आज बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिक बसको ठक्करबाट स्कुटीमा सवार बुबा, आमा र छोराको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा निजगढ नगरपालिका–१० लालका २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमति २३ वर्षीया ज्योती र एक वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।

ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बसका चालक भरार भएकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement